चुनौती

नेपालको राजधानी काठमाडौंलाई अत्यावश्यक अग्निनियन्त्रक सवारी साधनहरु उपलब्ध गराउने ।

हाल ५० लाख काठमाडौंवासीलाई मात्रै ३ वटा अग्निनियन्त्रक दमकलले सेवा पुर्‍याई रहेकोमा‚ अमेरिकी दकमलहरुलाई हिमालयपारी काठमाडौंसम्म कुदाएर पुर्‍याउन र स्थानीय अग्निनियन्त्रण विभागलाई अनुदान दिन अन्तर्राष्ट्रिय सेलेब्रिटीहरु‚ कुटनीतिज्ञहरु र साहसिक खेलका पारखीहरु एकजुट भईरहेका छन् । निर्णायक सडक यात्रा भनेर प्रचार गरिएको यो साहसिक यात्रालाई दमकलभित्र जडान गरिएका क्यामराहरुले अभिलेख राख्नेछन् ।

यो अभियान निर्णायक सडक यात्रा जस्तो सुनिन्छ‚ तर यसको महत्व योभन्दा धेरै छ । स्कट एच. डेलिसी‚ नेपालका लागि अमेरिकी राजदूत (२०१०–२०१२)

मार्ग

नेपालका साँघुरा‚ घुमाउरा पहाडी सडकहरु विश्वकै केही चुनौतीपूर्ण र खतरनाक सडकमध्ये पर्दछन् । सडकहरुको छेऊमा १‚००० फुट गहिरा भीर र गार्ड रेल नहुनु यी सडकहरुका विशेषता हुन् । विज्ञहरुले त्यसै “मृत्युको राजमार्ग” भनेका हैनन् ।

साहसिक यात्राको प्रारम्भ

यो सन् २०१० बाट शुरु भएको हो । जेम्स ग्यान्डोल्फिनी‚ त्यतिबेलाका सबैभन्दा प्रतिष्ठित अमेरिकी अभिनेता‚ केही समय गुमनाम बस्न चाहिरहेका थिए र उनको ख्यातीबाट कतै उम्कन खोजीरहेका थिए । नेपालका लागि अमेरिकी राजदूत‚ स्कट एच . डेलिसीले‚ विज्ञहरुले आउने १० वर्षभित्र आउँछ भनी पूर्वानुमान गरेको‚ एउटा विनाशकारी भूकम्पका लागि नेपाली नागरिकहरुलाई तयार गर्ने महत्वाकांक्षी योजनाको आरम्भ गरेका थिए । यसैबीच‚ काठमाडौंको अग्निनियन्त्रणका प्रमुखले पनि काठमाडौं उपत्यकाका ५० लाख बासिन्दालाई सेवा पुर्‍याईरहेका पाँच वटा पुराना दमकलको संख्या बढाउन खोजीरहेका थिए । घडीनिर्माता तथा दुई पटक सगरमाथा आरोहण गरेका माईकल कोबोल्ड उनीहरु दुवैको साथी थिए र उनैले यो दमकल अभियानको परिकल्पना अघि सारे ।

“सन् २०१३ को ग्रीष्म ऋतुमा जीम ग्यान्डोल्फिनीको मृत्युपछि‚ मैले अभियानको योजना थाँती राखें‚” कोबोल्ड सुनाए । कोबोल्डले अप्रिल १‚ २०१५ मा सोरवे फाउन्डेसन स्थापना गरे र भूकम्प आएको अवस्थामा यसले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाए । तीन सातापछि‚ अप्रिल २५ मा‚ करिब १०‚००० को ज्यान लिने र दश लाखभन्दा बढी घर भत्काउने गरी नेपालमा एकपछि अर्को गर्दै दुई पटक भूकम्प गयो ।

अभियानको आधारभूत काम गरेपछि‚ अन्तिम प्रबन्ध मिलाउन कोबोल्ड सेप्टेम्बर २०१५ मा नेपाल आए । बितेको ६ महिनायता सावधानीपूर्वक गरिएका सबै वार्ताहरुलाई एउटा नयाँ बाधाले निमिट्यान्न पार्‍यो : नेपाल र भारतबीचको विवादका कारण भारतले नेपालमा नाकाबन्दी लगायो‚ सम्पूर्ण ढुवानी ठप्प भयो । यसमा दमकल पनि पर्‍यो । “आधारभूत रुपमा‚ हाम्रा सबै योजनाहरु भताभुङ्ग भए‚” तीन पटकसम्म अमेरिकी राजदूत बनेका‚ हाल अवकाशप्राप्त र सोरवे फाउन्डेसनका कार्यकारी निर्देशक रहेका स्कट डेलिसीले स्मरण गरे । त्यसपछि‚ कोबोल्ड नेपालमा २१ महिना बसेर एकपछि अर्को नेपाली सरकारसँग सावधानीपूर्वक वार्तालाई फेरी अघि बढाए । सन् २०१७ को मध्यतिर‚ लाखौं अमेरिकी डलर बराबरको आयात कर छु६ प्रमाणपत्र लगायत आधिकारिक अनुमतिपत्र अन्तत : उपलब्ध गराईयो । यो अभियानले काठमाडौंको वारुण सेवाको वर्तमान श्रोतलाई तेब्बर बनाउनेछ ।

श्रेणी २ पुरस्कार – ने रु २००

अभियानलाई ने रु २०० सहयोग गर्नुहोस् र अभियानको विशेष स्टिकर प्राप्त गर्नुहोस् ।

श्रेणी ३ पुरस्कार – ने रु ५००

ने रु ५०० सहयोगका लागि तपाईंले हाम्रो अभियानको चुम्बक प्राप्त गर्नुहुनेछ ।

श्रेणी ४ – पुरस्कार ने रु १०००

ने रु १००० का लागि हामी तपाईंलाई अभियानको सिलाउन मिल्ने स्टिकर “सिउ–अन प्याच” र अभियानको आधिकारिक डकुमेन्टरीको डाउनलोड लिंक पठाउनेछौं ।

श्रेणी ५ पुरस्कार – ने रु १२००

ने रु १२०० का लागि तपाईंले अभियानको पेपरब्याक पुस्तक पाउनु हुनेछ ।

श्रेणी ६ पुरस्कार – ने रु १५००

अभियानलाई ने रु १५०० सहयोग गर्नुहोस् र अभियानको आधिकारिक टोपी पाउनुहोस् ।

श्रेणी ७ पुरस्कार – ने रु २०००

ने रु २००० का लागि हामी तपाईंलाई अभियानको हार्डब्याक पुस्तक पठाउनेछौं ।

श्रेणी ८ पुरस्कार – ने रु २५००

अभियानलाई ने रु २५०० सहयोग गर्नुहोस् र पाउनुहोस् अभियान सम्बन्धी डकुमेन्टरीको डाउनलोड लिंक र अभियानको आधिकारिक च्यालेञ्ज कोईन (चुनौती सिक्का)

श्रेणी ९ पुरस्कार – ने रु ३०००

ने रु ३००० का लागि तपाईंले माईकल कोबोल्डद्वारा व्यक्तिगत रुपमा हस्ताक्षर गरिएको अभियानको हार्डब्याक पुस्तक पाउनु हुनेछ ।

श्रेणी १० पुरस्कार — ने रु ५०००

नेपालको अभियानमा ने रु ५००० सहयोग गर्नुहोस् र हामी तपाईंलाई निम्नानुसारका सामग्री पठाउनेछौं

श्रेणी ११ पुरस्कार – ने रु ६०००

अभियानलाई ने रु ६००० सहयोग गर्नुहोस् र पाउनुहोस् व्यक्तिगत रुपमा हस्ताक्षर गरिएको अभियानको हार्डब्याक पुस्तक र अभियानका आधिकारिक स्मृती चिन्हहरु

श्रेणी १२ पुरस्कार — ने रु १०‚०००

ने रु १००००‚ का लागि हामी तपाईंलाई अभियानको आधिकारिक ऊनको टोपी र अभियानको डकुमेन्ट्रीको डाउनलोड लिंक पठाउनेछौं ।

हाम्रो समूह

अमेरिकी राजदूत स्कट एच. डेलिसी

अभियानका सह–नेतृत्व

वरिष्ठ कुटनीतिज्ञ‚ स्कट डेलिसीले – एरिट्रिया‚ नेपाल र युगान्डाका लागि संयुक्त राज्य अमेरिकाको राजदूतका रुपमा तीन पटक कार्यभार सम्हालेका छन् । राजदूत डेलिसी सन् २०१० मा अभियान आरम्भ भएदेखि नै संलग्न छन् ।

रसेल ब्राईस

सह–नेतृत्व

चालीस वर्ष अघि‚ सर एडमन्ड हिलारीले रसेललाई नेपाल भ्रमणमा साथै हिड्न निमन्त्रण गरेका थिए । रसेलले डिस्कभरी च्यानलको एभरेष्ट श्रृंखलामा काम गरेका छन् र अभियानको सह–नेतृत्व पनि सम्हालेका छन् ।

माल्कोम म्याकडावल

चलचित्र तथा टेलिभिजनका चर्चित अभिनेता माल्कोम म्याकडावल आधा शताब्दीदेखि हलिवुडको ठूला स्टार हुन् । सन् २०१५ मा नेपालमा दुई पटक जानुअघि देखि नै माल्कोम अभियानमा प्रतिबद्ध छन् ।

माईकल ईम्पेरियोली

माईकल ईम्पेरियोली चर्चित कलाकार हुन् र अभियान अघि नै उनले नेपाल भ्रमण गरिसकेका छन् ।

स्कट ग्लेन

स्कट हलिवुडको बहुमुखी चरित्र अभिनेता हुन् र द हन्ट फर रेड अक्टोबर‚ डब्ल्यु‚ द साईलेन्स अफ द ल्याम्ब्स लगायत जेसन बोर्नको तीन वटै संस्करणमा सशक्त अभिनयको लागि विश्वप्रसिद्ध छन् । पूर्व अमेरिकी मरिन ग्लेनले विपत्तीसँग लड्न सिकेका छन् ।

नुनो बेट्टेनकोर्ट

नुनो जीवित ईतिहास हुन् । रक ब्यान्ड “एक्स्ट्रिम” को नेतृत्व गरेका नुनो विश्वकै ख्यातीप्राप्त गितारवादक हुन् ।

मनिषा कोईराला

मनिषा बलिवुडकी एक चम्किला तारा हुन् । नेपाली मूलकी मनिषा जति आकर्षक र विवेकी छिन् त्यति नै दृढ पनि छिन् : उनले डिम्बाशयको क्यान्सरलाई पराजित गरेकी छिन् र हिमालयको काखमा एउटा क्यान्सर अस्पताल स्थापना गर्ने तयारीमा लागेकी छिन् ।

सुनिल थापा

नेपाल र बलिवुडका ख्यातिप्राप्त अभिनेता सुनिलको हँसिलो स्वभाव उनले प्राय निर्वाह गर्ने रवाफिलो भूमिका विपरीत छ ।

रेनल्फ फाईन्ज

सन् २०१५ मा नेपालमा भूकम्प जानु अघिदेखि नै अभियानप्रति प्रतिबद्ध‚ र्‍यानको ढाडको चोट समयमै निको भए सेलेब्रेटी चालकका रुपमा सहभागी हुनेछन् ।

राइनहोल्ड मेस्नर

विश्वकै सफल र चर्चित पर्वतारोही राइनहोल्ड अभियानको सेलेब्रेटी चालकको आदर्श उम्मेदवार हुन योग्य छन् ।

सृष्टी श्रेष्ठ

अभिनेत्री तथा पूर्व मिस नेपाल समेत रही सृष्टी श्रेष्ठ सन् २०१५ को भूकम्प अघिदेखि नै अभियानमा संलग्न छिन् ।

मार्टिन हार्टली

अभियानको फोटोग्राफर

हाम्रो समयको अत्यधिक प्रशंसित फोटोग्राफर मार्टिनका फोटोहरु नेशनल जियोग्राफिकका पुस्तक र म्यागजिनहरुमा प्रकाशित र प्रसारित भएका छन् ।

1974 AD

सडक यात्रा ? संगीतको सूची ? नेपालको सबैभन्दा ठूलो रक ब्यान्ड‚ १९७४ एडी‚ का सदस्यहरु पनि काठमाडौंसम्म दमकल चलाउँदै पुग्नेछन् ।